सिटि होटलको हकप्रद पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाण्डौ । सिटि होटल लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि यही साउन २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य ठहरिनेछन् ।

