सम्पादकीय: सेयर बजार ५० खर्ब क्लबमा, अर्थतन्त्रमा नयाँ सम्भावनाको ढोका खुल्यो !
सेयर बजार परिसूचक(नेप्से) बढेर ४ वर्षकै उच्च विन्दूमा पुगेको दिन मंगलबार बजारको कुल पूँजीकरण (Market Capitalization) ५० खर्ब ९ अर्ब माथि पुगेको छ, जुन नेपालकै कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को निकै नजिक हो । यस वर्ष नेपालको कुल जीडीपी ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । यसको अर्थ सेयर बजारको आकार जीडीपीको ८२ प्रतिशत माथि पुगेको छ । सेयर बजारको इतिहासमै...

