सेयर बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः सेबोन अध्यक्ष श्रेष्ठ
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् । काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् ।

