नेप्सेमा उच्च गिरावट, सबै समूह राताम्य
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१८ प्रतिशत अर्थात ६३.७३ अंकले घटेर २ हजार ८५८.९० विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले घटेर ४९०.७५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता...

