एनएमबि बैंकका सेयरधनीको हात खाली हुने, लाभांश नदिने निर्णय
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

