उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार छौं : सेबोन कर्मचारी संगठन अध्यक्ष
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार रहेका बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामी उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार छौं, तर शर्त यत्ति हो...

