काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं साधारण सभा डाकेको हो ।
उक्त सभा असोज १० गते काठमाण्डौको हात्तिसारमा रहेको आरण्य बुटिक होटल एण्ड रेष्टुरेन्टमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ९ प्रतिशत नगद लाभांश कर सहित प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।