बिजशालालाई रिलायन्स स्पिनिङ मिल्सको धम्की: २४ घण्टे अल्टिमेटमसहित समाचार हटाउने फरमान जारी
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)सँगको सेटिङमा पुरानो वित्तीय विवरणका आधारमा महङ्गो मूल्यमा आईपीओ निश्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स बिजशालामा प्रकाशित समाचारहरुका कारण तिलमिलाएको छ । उसले स्वतन्त्र पत्रकारिता र यो क्षेत्रलाई नियमन गर्ने निकायको विषयमा सामान्य जानकारी नै नराखी दादागिरीको शैलीमा बिजशालालाई एक पत्र लेख्दै कानूनी चेतावनी भन्दै २४ घण्टे...

