नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेनसको ४२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । एशियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता र नेपाल इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

