अपि पावरद्वारा आफ्नै केन्द्रीय कार्यालय ‘अपि टावर’को निर्माण सुरु
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाण्डौ उपत्यकाको मुटुमा पर्ने नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरेको हो । अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शुक्रबार सम्पन्न सिलान्यास कार्यक्रममा कम्पनीकी अध्यक्ष सिर्जना खड्काले...

