आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
काठमाण्डौ । सोमबार सेयरबजारमा २ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, सनि सेक्युरिटिज र प्राइमो सेक्युरिटिज रहेका छन् ।

