दुईदिनमा १०४ अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘पूँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयनमा आए सम्हालिन्छ’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक १.७४ प्रतिशत अर्थात ४५.३६ अंकले घटेर २ हजार ५५९.५९ विन्दुमा सीमित बनेको छ ।यससँगै दुईदिनमा नेप्से परिसूचक १०४ अंकले घटेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले घटेर ४४६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा...

