३.९४ अर्ब कारोबार भएको सेयरबजारमा आजपनि देखिएन सुधार, जानकार भन्छन्, ‘यो भोल्युमले बजार चलायमान हुँदैन’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि सेयरबजार घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०७ प्रतिशत अर्थात २ अंकले घटेर २ हजार ६४९.५१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५७.६८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको ७७ लाख २४ हजार २१३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३...

