सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले गैंडाकोट नगरपालिका १५ अमरापुरी,नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई उक्त सहयोग प्रदान गरेको हो ।

