बीमा कम्पनीको हकप्रदमा देखिएन मोह, लिलामीमा सेयर बिक्री गर्दा कम्पनीलाई नै फाइदा !
काठमाण्डौ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै १० बीमा कम्पनीले हकप्रदको बाटो रोजे । प्राधिकरणले जीवन बीमाको लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको थियो । अधिकांशले हकप्रदमार्फत तोकिएको चुक्तापूँजी पुर्याउने निर्णय गरेका छन् । जीवन बीमातर्फ एलआइसी नेपाल, सन नेपाल...

