जीवन बीमकहरुले एक महिनामै संकलन गरे रु.१९.६५ अर्ब प्रिमियम, नेपाल र नेशनल लाइफको सर्वाधिक
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक महिनामै साढे १९ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो महिनामै १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो व्यवसाय अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ६ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५३ करोड ७९...

