हिमालयन लाइफद्वारा लाभांश घोषणा
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको. बैठकले आव २०८०/८१ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।
TRENDING
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको. बैठकले आव २०८०/८१ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुटको म्याद थप गरेको छ । कम्पनीले बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २०८१ फागुन १५ गतेदेखि २०८२ जेठ १३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमाशुल्क नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने व्यवस्था गरेको...
काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी असार ६ गते पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद चयन भएका छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्षमा साउदलाई सर्वसम्मत रुपमा चयन गर्ने निर्णेय गरेको हो । साउद विसं २०७९ जेठ ३० गतेदेखि कम्पनीको सञ्चालकको रुपमा रहदै आएका छन् । उनले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै...
काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)ले संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी नक्सलामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश...
काठमाण्डौ । बीमा कम्पनीहरुले लगानी विविधिकरणमा जोड दिन थालेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न पटक–पटक निर्देशन दिएपछि बीमकहरुले अन्य क्षेत्रको अध्ययन गरेर लगानी गर्न थालेका छन् । चालु आवको तेस्रो त्रैमाससम्म बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन, उद्योग, जलविद्युत, सौर्य उर्जा, केबलकार, शिक्षा र स्वास्थ्य जस्ता...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । कम्पनीले जेठ १२ गतेदेखि १७ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जनाएको छ । कम्पनीले दुई वर्षसम्म व्यतित भएको बीमालेखमा...
काठमाण्डौ । शिखर इन्स्योरेन्स इक्रा नेपालबाट AA-(डबल ए माइनस) को रेटिङ प्राप्त गरी नेपालको सबैभन्दा बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा उभिन सफल भएको छ । नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरुबाहेकका कम्पनीहरुमध्ये AA- रेटिङ वा सोभन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने शिखर इन्स्योरेन्स एक्लो कम्पनी समेत बनेको छ । नेपालमा सरकारको स्वमित्व रहेको दुईवटा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाई गरेपछि बीमकहरुको यो क्षेत्रमा लगानी ‘शुन्य’ रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड डिबेञ्चर तथा ऋणपत्र, सरकारको बचतपत्र, नागरिक लगानी कोष र म्युचुअल फण्ड, सेयरबजार जस्ता क्षेत्रमा लगानी गरेपनि घरजग्गा क्षेत्रमा भने लगानी गरेका छैनन् ।...
काठमाण्डौ । बीमा कम्पनीहरुको फण्ड परिचालन गर्न सरकारले एक वर्षभित्रै पूर्वाधार बोण्ड जारी गर्ने योजना बनाएको छ । पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि सरकारले बीमा कम्पनीहरुको लगानी विविधिकरण गर्न पूर्वाधार बोण्ड जारी गर्ने योजना बनाएको हो । सरकारले जारी गरेको कार्ययोजनाको प्रतिवेदनमा बीमा...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँंको घातक रोगवापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबन बीमालेख खरिद गरेका भरतपुर–घ, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता मात्र बीमाशुल्क...
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २९ औं साधारण सभा आज बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८० का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानी २६.०५ प्रतिशतले बढाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म ७ लघुबीमा कम्पनीले विभिन्न क्षेत्रमा ४ अर्ब ४३ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ३ अर्ब ५१...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी असार २ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैजु नियुक्त भएकी छन् । गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सैजुलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैजु नियुक्त भएकी छन् । गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सैजुलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । सेयरबजारमा बीमा कम्पनीहरुको पौने ३९ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २८ बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३८ अर्ब ८१ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९३.४३ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको सेयरबजारमा २० अर्ब ६ करोड ४९ लाख...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०ः४ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएका हो । बोर्डले कम्पनीलाई जेठ ७ गते १०ः४ अनुपातमा रु. १०० अंकित दरका ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद निष्कासनका लागि स्वीकृती दिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.