भौतिक सम्पत्ति बीमा प्रबर्द्धन गर्न बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने नीति बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमा सेवालाई थप भरपर्दो बनाउने बताएका हुन् ।

