विश्वभरका बीमकहरुले ६ महिनामा व्यहोरे १०० बिलियन डलर घाटा, अमेरिकामा सबैभन्दा बढी
काठमाण्डौ । सन् २०२५ को पहिलो ६ महिनामा विश्वभरका बीमकहरुले १०० बिलियन डलरबराबरको क्षति व्यहोरेका छन् । जसमध्ये ९० प्रतिशत भन्दा बढी अर्थात ९२ बिलियन डलर आगलागी र आधितुफानबाट भएको क्षतिका लागि तिरेको एओनले सार्वजनिक गरेको ‘ग्लोबल क्याटास्ट्रोफ रिक्यापः फर्स्ट हाफ २०२५’नामक प्रतिवेदनमा उल्लेख छ ।

