प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा पराजुली
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् । असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पराजुलीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् । असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पराजुलीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाण्डौ महानगरपालिकाद्वारा आयोजित ‘काठमाण्डौ महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो।महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो।...
काठमाण्डौ । गत वर्ष असोज १० गतेदेखि परेको अविरल वर्षाको कारणले भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ २८ गतेसम्ममा १४ निर्जीवन बीमा कम्पनी र ४ लघुबीमा कम्पनीमा कुल १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँको बीमा दाबी परेको हो । प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले सो अवधिसम्म...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई पौने १५ करोड रुपैयाँ तलब वितरण गरेको छ । कम्पनीले आव २०८०/८१ मा कार्यरत कर्मचारीहरुलाई कुल १४ करोड ८५ लाख ४१ हजार रुपैयाँ तलब वितरण गरेको हो । यो वितरित तलब अघिल्लो आवको तुलनामा २०.४४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कार्यरत कर्मचारीलाई कुल १२ करोड ३३ लाख ३६ हजार रुपैयाँ तलब वितरण गरेको थियो ।...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो । बैठकले यही असार २९ गते काठमाण्डौको शंङ्खमुलमा रहेको अनमोल क्याटरिङ सर्भिसेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । इजरायल–इरान युद्धको प्रभाव बीमा क्षेत्रमा समेत पर्न थालेको छ । मध्यपूर्वका यी दुई देशबीचको युद्धका कारण लाल सागर र र्पिर्सयन गल्फ भएर आवतजावत गर्ने पानी जहाजको सामुन्द्रिक बीमाको शुल्क वृद्धि भएको छ । सामुन्द्रिक बीमकहरुले पानी जहाजहरुलाई जहाजको मूल्यांकनको ०.२ प्रतिशत शुल्क लिने गरेका छन् । जुन यसअघिको ०.१२५ प्रतिशतभन्दा बढी हो ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बीमकहरुको दाबी भुक्तानी विवरणमा त्रुटि भेटिएको छ । गत वर्ष असोज १० गतेदेखि अविरल वर्षाको कारणले भएको क्षतिबाट बीमा दाबीको विवरणमा त्रुटि भेटिएको हो । प्राधिकरणको विवरणअनुसार १८ बीमा कम्पनीमा जेठ २८ गतेसम्ममा कुल ३ हजार ७१२ वटा बीमाको १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । प्राधिकरणको...
काठमाण्डौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको...
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज प्रेमा सिंहको अध्यक्षतामा काठमाण्डौको लाजिम्पाटमा सम्पन्न भएको हो । सभामा अध्यक्षले समिक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपुर्ण रहेको उल्लेख गरिन् । कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिफूल मौसमको कारणले आपूर्ती श्रृंखलामा अवरोध उत्पन्न भई...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।
काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा यही असार ३० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा सेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका...
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ३७ औं वार्षिक साधारण सभा आज बिहान साढे १० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्ताको संख्या १४ पुगेको छ । कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत सेयर हिस्सा छ । संस्थापकतर्फ नेपाली संघसंस्थाहरुको १०.८५ प्रतिशत र नेपाली नागरिकहरुको ५९.१५ प्रतिशत सेयर हिस्सा रहेको छ । त्यस्तै साधारण सेयरतर्फको ३० प्रतिशतमा भने १४ लगानीकर्ताको...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा अन्तिम दिनसम्म ९२.८१ प्रतिशत सेयरका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज अन्तिमदिनसम्म कम्पनीको हकप्रदमा ३ लाख ९२ हजार ६०८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।कम्पनीको हकप्रदमा २९ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको २९ लाख ७८ हजार ३५० कित्ताका लागि आवेदन परेको छ । यसर्थ कम्पनीको हकप्रदमा सेयरमा...
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकलाई सेयर...
काठमाण्डौ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रंजितलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । २०८१ माघ १७ गतेसम्म कायम सेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशतको अनुपातमा निष्काशन गरिएको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको कम्पनीले जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.