विदेशी बीमकलाई नाफा वापतको रकम फिर्ता लैजान कडाई
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विदेशी बीमा कम्पनीहरुलाई नाफा बापतको रकम फिर्ता लैजान कडाई गरेको छ । प्राधिकरणले बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी गर्दै कडाई गरेको हो । विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालय रहेको तथा संयुक्त लगानीमा स्थापित बीमक तथा पुनर्बीमा दलाल कम्पनीले आर्जन गरेको नाफा बापतको रकम फिर्ता लैजाने प्रयोजनका...

