बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले सम्हाले कार्यभार, बीमकको वित्तीय अवस्था बलियो बनाउने प्रतिबद्धता
काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आजैबाट कार्यभार सम्हालेका छन् । अर्थमन्त्रालयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेपश्चात् उनले कार्यभार सम्हालेका हुन् ।

