नेको इन्स्योरेन्सको हकप्रदमा आवेदनका लागि अब कति दिन बाँकी ?
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको छ । यो हकप्रदमा आवेदन दिने अन्तिम मिति चैत १४ गते रहेको छ । यसर्थ अब यो कम्पनीको हकप्रदमा आवेदन दिन २ कार्यदिन मात्रै बाँकी छ ।...

