हिमालयन लाइफको खुद नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, रिटेन्ड अर्निङ २.१३ अर्ब
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमाशुल्क आर्जनमा सामान्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३४ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा...

