नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ फागुन २२ गते बिहान साढे ८ बजे बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन १३.२७ गुणा बढी हो । यसर्थ आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।...

