शुक्रबार, श्रावण ८,२०८३ 06:29:34
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 06:29:34
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीले भित्र्याए रु.४३.९५ अर्ब प्रिमियम, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको

निर्जीवन बीमा कम्पनीले भित्र्याए रु.४३.९५ अर्ब प्रिमियम, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा झनै ४४ अर्ब रुपैयाँ प्रिमिमय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८१–८२ मा १४ निर्जीवन बीमा कम्पनीले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

यो बीमाशुल्क रकम आव २०८१–८१ को तुलनामा ६.७७ प्रतिशत बढी हो । अघिल्लो आवमा निर्जीवन बीमकहरुले ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।  

अघिल्लो आवको तुलनामा गत आवमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको मात्रै व्यवसाय घटेको छ भने सबै बीमा कम्पनीको व्यवसाय बढेको छ ।  

गत आवमा सबैभन्दा बढी व्यवसाय भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ५ अर्ब ७९ क रोड ४२ लाख रुपैयाँ प्रिमियम संकलन गरी सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनी बनेको छ ।  

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब २ करोड, हिमालयन एभरेष्टले ४ अर्ब १० करोड, आइजीआई प्रुडेन्सियले ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड, युनाइटेड अजोडले २ अर्ब ७८ करोड, द ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड, सानिमा जिआइसीले २ अर्ब ७० करोड, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३७ करोड र नेशनलन इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।  

अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी व्यवसाय बढाउने कम्पनीमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले २८।१२ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.