आईतवार, आश्विन २६,२०८२ 09:36:02
IME remit
  • आईतवार, आश्विन २६,२०८२ 09:36:02
IME remit
Global IME Bank Limited

उच्च दाबी भुक्तानीको भारले निर्जीवन बीमकहरुको रिर्टन क्षमता घट्न सक्ने

Hyundai Nepal
उच्च दाबी भुक्तानीको भारले निर्जीवन बीमकहरुको रिर्टन क्षमता घट्न सक्ने
Shivam Cement

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पुगेको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रकमको बीमा दाबी परेको छ । अस्वभाविक दाबी भुक्तानीको दायित्वका कारण निर्जीवन बीमा कम्पनीहरुले ठूलो रकम तिर्नुपर्ने देखिएको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकहरुमा असोज २३ गतेसम्ममा २३ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको दाबी परेको छ । जसमा बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ (अग्रिम भुक्तानी समेत) बराबरको बीमा दाबी भुक्तानी दिइसकेका छन् ।  

यसरी ठूलो रकमको बीमा दाबी पर्दा बीमा कम्पनीहरुलाई वित्तीय घाटा हुन सक्ने देखिएको छ । यसअघि बाढीपहिरो र तीनकुनेमा भएको हुलदंगाका कारण बीमा कम्पनीहरुमा करोडौं दाबी पर्दा निर्जीवन बीमकहरुको नाफामा प्रभाव पारेको थियो ।  

यसपटक जेनजीहरुको आन्दोलनले पारेको क्षति २०७२ सालको भन्दा बढी रहेको बीमा विज्ञहरुले बताएका छन् । हालसम्मकै ठूलो रकमको दाबी बीमा कम्पनीहमा पर्दा बीमकहरुले थेग्नै नसक्ने अवस्था देखिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बीमा कम्पनीहरुमा दाबी संख्या र दाबी रकम धेरै पर्दा कम्पनीको नगद प्रवाहको अवस्था विग्रन सक्ने ठूलो सम्भावना रहन्छ । एकैपटक धेरै दाबी आउँदा बीमा कम्पनीलाई तत्काल पैसा जुटाउन गाह्रो हुन सक्छ र यसले कम्पनीलाई अन्य वित्तीय दायित्वहरु पूरा गर्न गाह्रो पर्न सक्छ ।  

अहिलेको बीमा दाबी हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत रहेकाले सो आधारमा औषतमा नेपाल पुनर्बीमा कम्पनीमा ६५ प्रतिशत र बीमा गर्ने कम्पनीको हिस्सा ३५ प्रतिशत हिस्सा भागबण्डा गरिएको छ ।  

६५ः३५ प्रतिशत रेसियोको आधारमा कूल २३ अर्ब २२ करोड दावी मध्ये नेपाल पुनर्बीमा कम्पनीमा १५ अर्ब रुपैयाँ भन्दा बढी दाबी पर्ने देखिएको छ भने बाँकी निर्जीवन बीमकहरुले ब्यहोर्नुपर्नेछ ।  

बीमा कम्पनीहरुले केही प्रतिशत रकम मात्रै दाबी भुक्तानी दिनुपर्ने भएतापनि नाफामा संकुचन देखिने सम्भावना भने रहेको छ ।  

ठूलो रकम दाबी पर्न थालेपछि यसको प्रभाव धितोपत्र दोस्रो बजारमा समेत देखिन थालेको छ । निर्जीवन बीमा समूहका कम्पनीहरुको सेयरभाउ नियमित घट्दा लगानीकर्ताहरु प्यानिक बन्न थालेका छन् । निर्जीवन बीमा कम्पनीहरुले ठूलो रकमको दाबी भुक्तानी दिनुपर्दा सेयर लगानीकर्ताहरुले कम्पनीहरुको नाफा घटेर लगानीकर्तालाई लाभांश समेत दिन नसक्ने अवस्था आउन सक्ने अनुमान लगाइरहेका छन् ।  

आगामी दिनमा निर्जीवन बीमकहरुको रिटर्न क्षमता घट्ने र लगानीकर्ताले लाभांश नपाउने वा पाएपनि अत्यन्तै न्यून पाउने आँकलन गर्न थालिएको छ ।  

बीमा विज्ञ तथा नेपाल पुनर्बीमा कम्पनीका पूर्वाध्यक्ष रविन्द्र घिमिरेले ठूलो दायित्वका कारण निर्जीवन बीमा कम्पनीसँगै नेपाल पुनर्बीमा कम्पनीको यो वर्ष खुद नाफा ह्वात्तै घट्न सक्ने बताए ।  

‘बीमाको मेकानिजम भनेको एक अर्बको क्षति भयो भने शतप्रतिशत नै भुक्तानी गर्न सक्दैन, बीमकले जति दिंदा आफु सर्भाइभ हुुन सक्छ, त्यति मात्रै भुक्तानी गर्छ’ उनले भने, ‘बीमकहरुले पुनर्बीमा नै गरेपनि सरकारबाट भुक्तानी तत्कालै हुन सक्ने अवस्था देखिँदैन यसले बीमा कम्पनीहरुको नाफामा ठूलो असर पार्ने देखिन्छ ।’

यसअघिको कारोना बीमामा पनि सरकारले १३ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको घिमिरेले बताए । ‘बीमा कम्पनीहरुमा आएको यो बीमा दाबी हालसम्मकै ठूलो हो, नेपाल रि इन्स्योरेन्सले यसको रकम तत्कालै भुक्तानी गर्न सक्दैन, यसअघि पनि कोरोना बीमाको रकम यसरी नै अड्किएको छ’ उनले भने, ‘आगामी दिनहरुमा अझै ठूला–ठूला विपत्तीहरु आउनेवाला छ, कम्पनीहरुलाई मुनाफा बाँड्न मुस्किल हुने वाला छ ।’

कमर्सियल रुपमा नाफा कमाउन खोलिएका बीमा कम्पनीहरुलाई यो दाबीले ठूलो प्रभाव पार्ने घिमिरेको भनाई छ । ‘बीमा समाजवादी सोचअनुसार जोखिम व्यवस्थापन गर्ने एउटा मेकानिजम हो । वास्तवमा बीमामा मुनाफा वितरण गरिँदैन । पुनर्बीमा कम्पनीले पनि कति थेग्न सक्छ भन्ने हो । नेपालको मात्रै डिजास्टर हेरेर हुँदैन विश्वभरी नै यस्तो घटनाहरु भइरहेका छन्, जसमा नेपाल भन्दा ठूलो ठूलो क्षति भएको छ । नेपाल रि ले विदेशी कम्पनीसँग जोखिम बाँडेपनि विदेशी कम्पनीले सबै भुक्तानी गर्छ भन्ने छैन’ उनले भने, ‘बीमा सिद्धान्तविपरित कमर्सियल रुपमा खोलिएका बीमा कम्पनीहरुलाई दायित्वको प्रेसर पक्कै पर्ने देखिन्छ, जति क्षति भएको छ त्यति नै क्षतिपूर्ति दिने भन्ने कमर्सियल इन्स्योरेन्सको कन्सेप्ट भएपनि राज्यले तपाईलाई काम चलाउने खालको मात्रै बीमा दायित्व गर्नेछ ।’

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि बीमा कम्पनीहरुले ठूलो दायित्व बहन गर्नुपर्ने हुँदा नाफामा संकुचन आउन सक्ने बताए ।  

‘बीमा कम्पनीहरुले पनि जोखिम बहन गर्नका लागि पुनर्बीमा गरेपनि शतप्रतिशत कभर भने हुँदैन केही प्रतिशत बीमा कम्पनीहरु आफैंले कोषबाट भुक्तानी दिनुपर्ने हुन्छ’ उनले भने, ‘कम्पनीहरुले सबै दाबीको भुक्तानी एकैपटक दिने त होइन तर थोरै–थोरै रकम भुक्तानी दिदा नाफामा संकुचन आई लगानीकर्तालाई दिने प्रतिफल पक्कै घट्नेछ वा केही वर्षका लागि नदिने अवस्था पनि आउन सक्छ ।’

बीमा कम्पनीहरुले भुक्तानी दिएबमोजिम नै नेपाल पुनर्बीमा कम्पनीले पनि कम्पनीहरुलाई भुक्तानी दिएमा बीमकहरुलाई केही सहज हुन सक्ने ढकालको भनाई छ । ‘बीमा कम्पनीहरुले पनि रिस्क कभर गर्न रि इन्स्योरेन्स गरेका हुन् जसरी बीमकहरुले थोरै–थोरै रकम भएपनि भुक्तानी दिन्छन् त्यसरी नै नेपाल रि ले पनि दायित्व बहन गरेमा अवस्था केही सहज हुन सक्छ’ उनले भने, ‘तर बीमा कम्पनीहरुले प्रतिफल नै बाँड्न सक्दैनन् भन्ने खालको भयावह अवस्था पनि नआउँला । कम्पनीहरुले सबै दाबीको भुक्तानी एकैपटक गर्ने होइन । गत वर्षहरुको तुलनामा लाभांश क्षमता घटेपनि रि इन्स्योरेन्स र आफ्नै कोषमा भएको रकमबाट केही प्रतिशत भएपनि लाभांश बाँड्न पनि सक्छन् ।’

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.