मंगलवार, मंसिर २३,२०८२ 09:59:52
Bizshala
  • मंगलवार, मंसिर २३,२०८२ 09:59:52
Bizshala
Global IME Bank Limited
Bizshala

सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

Hyundai Nepal
सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  

कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर) अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथिका वर्षका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।  

यस्तै, सावधिक जीवन बीमा योजना(एकल) अन्तर्गत ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसैगरी त्रिपल सावधिक बीमा अन्तर्गत १० देखि १४ वर्षका लागि २० रुपैयाँ,१५ देखि १९ वर्षका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनसदर तोकिएको छ ।  

दम्पत्ति सावधिक बीमा योजना अन्तर्गत १५ देखि १९ वर्षका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।  

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका वर्षका लागि ७० रुपैयाँ बोनसको बोनसको व्यवस्था गरिएको छ ।  

यस्तै अग्रिम भुक्तानी योजना अन्तर्गत १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।  

कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजना अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि १९ रुपैयाँ र २० वर्ष २४ वर्षका लागि २१ रुपैयाँ बोनददर तोकेको छ ।

यस्तै मुद्दती सुरक्षण बीमा योजना–नियमति शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ, मुद्दती सुरक्षण बीमा योजना एकल शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ५४ रुपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४५ रुपैयाँ, रुपान्तरीत वार्षिक अग्रिम भुक्तानी अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ३० रुपैयाँ, सामूहिक सावधिक अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २० रुपैयाँ, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनसको व्यवस्था गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँ बोनस दिइनेछ ।  

यस्तै सीमित भुक्तानी सावधिक बीमालेख अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनसको व्यवस्था गरिएको छ ।  

बाल सावधिक बीमालेख अन्तर्गत १० देखि १५ वर्ष अवधिका लागि २२ रुपैयाँ, १६ देखि २० वर्षका लागि २८ रुपैयाँ, २१ देखि २४ वर्षका लागि ३५ र २५ वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ बोनसदरको व्यवस्था गरिएको छ ।  

यस्तै बाल सावधिक बीमालेखअन्तर्गत १० देखि १५ वर्ष अवधिका लागि २० रुपैयाँ, १६ देखि २० वर्षका लागि २७ रुपैयाँ, २१ देखि २४ वर्षका लागि ३२ र २५ वा सोभन्दा माथिका लागि ३४ रुपैयाँ बोनसदरको व्यवस्था गरिएको छ ।  

उल्लेखित बोनसदर मृत्यु दाबी, समर्पण दाबी, पूर्ण वा आंशिक,चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागु हुने कम्पनीले जनाएको छ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.