प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी : कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका...

