चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियनले आईपीओ जारी गर्ने
काठमाण्डौ । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।कम्पनीले आगामी फागुन १० गते काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

