२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गुमाउनेमा प्रभु इन्स्योरेन्स मात्रै
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बजार बढ्दा आज सबै समूह बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.४६ प्रतिशत र निर्जीवन बीमा...

