सुनको मूल्य ७ हजार बढीले वृद्धि, चाँदीमा पनि उछाल
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार २ सय रुपैयाँले बढेको छ । यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९९ हजारमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

