नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन्, ‘संसद पुनर्स्थापनाको हल्लाले दबाबमा बजार’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.४६ प्रतिशत अर्थात १२.५८ अंकले घटेर २ हजार ६८३.१५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५३ प्रतिशतले घटेर ४५६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता...

