२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.४६ प्रतिशत र निर्जीवन बीमा समूह ०.८४ प्रतिशतले बढेको...

