सर्वसाधारणले सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सक्ने
काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आजदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते अनुमति पाएको थियो । सो मध्येबाट कम्पनी २ लाख १४ हजार ५००...

