काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर अभौतिकिकरण गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
संस्थाले गत पुस ३० गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको समेत जनाएको छ
उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।
संस्थाले गत पुस १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरिएको उल्लेख गरेको छ । उक्त मितिपश्चात सेयर अभौकिकीकरण गराएकाको हकमा भने क्रमशःउक्त बोनस सेयर डिम्याट खातामा जम्मा गरिने व्यवस्था संस्थाले गरेको छ ।
गत पुस १५ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई संस्थाले आग्रह गरेको छ।
उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया थाल्न संस्थाले आग्रह गरेको छ।

