यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.५१ रुपैयाँ र बिक्रीदर १३९.११ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १५८.७९ रुपैयाँ र बिक्रीदर १५९.४८ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.२९ रुपैयाँ र बिक्रीदर १८६.०९ रुपैयाँ कायम छ ।

