सीइओलाई एक्लै बनाएर सञ्चालकहरुले एकैपटक दिए राजिनामा , कम्पनीको भ्यालु ६ अर्ब डलरबाट १५ करोड डलरमा सीमित
काठमाण्डौ । एकैछिन सोच्नुस् त कुनै पनि कम्पनीको सबै सञ्चालकहरुले भटाभट राजीनामा दिएर कम्पनीको सीईओ मात्रै बाँकी हुँदा कम्पनीको हालत के होला ? झट्ट सुन्दा असम्भव लागेपनि यो घटना यथार्थमा परिणत भएको छ । क्यालिफोर्नियाको एक सहरमा एक कम्पनीका सञ्चालकहरुले सीईओलाई एक्लै छाडेर राजीनामा दिएका छन् । क्यालिफोर्नियाको सिटी सान फ्रान्सिस्कोस्थित डीएनए कम्पनी ‘२३ एण्ड मी’मा...