सुरत (भारत) । एउटा साधारण व्यक्तिले सबैलाई अचम्म पारिदिए । उनले कुनै जोखिम लिनै नपरी, शेयर बजार वा म्युचुअल फन्डमा एक पैसा पनि नहाली ५५ लाख भारु(नेपाली ८८ लाख रुपैयाँ)को आकर्षक 3 BHK फ्ल्याट किने !
यो कथा सीए नितिन कौशिकले सामाजिक सञ्जाल एक्समा सेयर गरेका थिए । उनले लेखेका छन्- यो व्यक्ति १२ वर्षदेखि नियमित बचत गर्दै आएका थिए । बैंकको फिक्स्ड डिपोजिट (एफडी), सुन बचत योजना र सुरत नजिकैको सानो जग्गामा लगानी गरेका थिए ।
यो नै उनको पहिलो सम्पत्ति होइन । यसअघि उनले गाउँमा दुईतले घर र एउटा सानो पसल किनेका थिए । तीबाट मासिक करिब २२ हजार रुपैयाँ भाडा आउँछ । १० वर्षमा भाडा, ब्याज र सम्पत्ति मूल्य बढ्दा उनको कुल धन ४० लाखभन्दा माथि पुग्यो । फ्ल्याट किन्नका लागि मात्र १० लाखको सानो बैंक लोन लिए ।
विशेषज्ञहरू भन्छन्- यो कथाले प्रमाणित गर्छ कि ठूलो जागिर वा जोखिमबिना पनि धैर्य र साधारण बचतले ठूलो सफलता हासिल गर्न सकिन्छ । कम्पाउन्डिङको जादु र नियमित लगानीले सपना पूरा हुन्छ ।
यो सुन्दा लाग्छ-यदि यी साधारण व्यक्तिले यति गर्न सक्छन् भने हामी किन सक्दैनौं ? आजैबाट सानो बचत सुरु गरौं, भोलि ठूलो फल पाउन सकिन्छ !

