बजेट सकारात्मक ढंगले आएको छ । कार्यान्वयन गरेर जानुपर्छ
जनमत
TRENDING
जनमत
काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा जारी राजनीतिक विवाद आज पनि कायम रहँदा बैठक अवरुद्ध भएको छ। बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आशनबाट उठेर नाराबाजी गरेपछि कार्यवाही अघि बढ्न सकेन।
काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका चार मन्त्री परिवर्तन हुने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमाले कोटाबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।
काठमाण्डौं । रुसले युक्रेनविरुद्ध हालसम्मकै तीव्रमध्ये एक हवाई आक्रमण सञ्चालन गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन्।रातभर जारी आक्रमणमा सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरिएपछि राजधानी किएभसहित देशका विभिन्न सहरमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।
काठमाण्डौं । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। मध्यान्ह १२्:१५ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि प्रारम्भिक छलफल शुरु हुने भएको छ।
काठमाण्डौं । महानगर यातायात प्रा.लि.ले काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा विस्तार गर्दै थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सञ्चालनमा आएका यी बसहरू ३३ सिट क्षमताका छन् भने उभिएर यात्रा गर्ने यात्रुसहित करिब ७० जनासम्मले एकैपटक यात्रा गर्न सक्नेछन्।
काठमाण्डौ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्यान्ह १२ बजेर १५ मिनेटमा बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि महत्वपूर्ण छलफल हुने कार्यसूची रहेको छ।बैठकको प्रारम्भमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामा जानकारी गराउनेछन् ।
काठमाण्डौ । अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिज हर्जोग र लुई लचेनलको सहितको टोलीले अन्नपूर्णको शिखरमा पहिलो पटक मानव पाइला राख्दै नयाँ अध्याय लेखेका थिए।
काठमाण्डौँ । बुधबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रका धेरै स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।
काठमाण्डौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतका आधारमा पारित भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ १२ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म भएको व्यापक छलफल, समर्थन, आलोचना र संशोधन प्रस्तावमाथिको निर्णयपछि प्रदेशसभाले कार्यक्रमलाई अनुमोदन गरेको हो।
काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रका पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति कार्यक्रममा खेलाडी प्रोत्साहन, खेल पूर्वाधार विकास, प्रतीभा पहिचान र प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।
काठमाण्डौ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दैछन् । भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेले यसअघि भाजपा अध्यक्ष नितिन नवीन, भारतीय विदेशमन्त्री एस. जयशंकर तथा अन्य उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।भ्रमणका क्रममा...
काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीसम्बन्धी ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ। श्रममन्त्री रामजी यादवले हालको व्यवस्था पुनरावलोकन गर्दै मेनपावर कम्पनीले लिन पाउने शुल्क तथा रोजगारदाताको वर्गीकरणबारे नयाँ ढाँचामा काम भइरहेको बताएका छन्।
काठमाण्डौ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ आशाको संकेत देखिएको छ। विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरी पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्भावनाबारे छलफल गरेका छन् ...
काठमाण्डौ । नेपाली युवाका लागि युरोप पुग्ने बाटो लामो समयदेखि दुई खालका मात्रै थिए- उच्च शिक्षाको नाममा जाने वा भिजिट भिसा लिएर विभिन्न जोखिमपूर्ण माध्यमबाट श्रम बजारमा प्रवेश गर्ने। तर अब सरकारले युरोपेली मुलुकहरूमा श्रमिक पठाउने प्रक्रियालाई औपचारिक र संस्थागत ढंगले खोल्ने संकेत दिएको छ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युरोपलाई सुरक्षित र व्यवस्थित श्रम...
काठमाण्डौ । इरानले सोमबार अमेरिकासँग सबै प्रकारका सम्पर्क बन्द गर्ने घोषणा गरेको छ। इरानको सरकारी समाचार संस्था तस्नीमका अनुसार इरान र उसका सहयोगीहरू, जसलाई ‘एक्सिस अफ रेजिस्टेन्स’ भनिन्छ, ले हर्मुज जलमार्ग पछि अब लाल सागरको प्रवेशद्वारमा रहेको ‘बब अल–मन्डेब जलमार्ग’ लाई पनि बन्द गर्ने धम्की दिएका छन्। हर्मुज जलमार्ग बन्द हुँदा विश्वका धेरै देशहरू गम्भीर तेल तथा ग्यास...
काठमाण्डौं । नागरिकता तथा जन्मदर्तासम्बन्धी कागजातमा अनियमितता गरेको आरोप लागेका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार सिंहविरुद्ध दायर दुई फरक कसुरमा सुनुवाइ गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा देखिएको राजनीतिक तनावले प्रतिनिधिसभाको कामकारबाही पुनः प्रभावित भएको छ। विपक्षी दलहरूको निरन्तर विरोधका कारण बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ।
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका नीतिगत तथा कर सुधारसम्बन्धी मागहरूलाई सकारात्मक रूपमा सम्बोधन गरेको भन्दै निर्यात व्यवसायी महासंघ नेपालले बजेटप्रति स्वागत जनाएको छ। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा बजेटले व्यावसायिक वातावरण सुधारको स्पष्ट संकेत दिएको उल्लेख गरिएको छ।महासंघका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.