काठमाण्डौ । राहदानी विभागले सेवा प्रणालीलाई नयाँ प्रविधिमा माइग्रेसन गर्ने भएकाले दुई दिन राहदानीसम्बन्धी सेवा बन्द गर्ने जनाएको छ। विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने कार्य भइरहेकाले आज र भोलि राहदानी आवेदन, वितरणलगायतका सेवाहरू प्रभावित हुनेछन्।
यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।
यद्यपि, विभागमा तयार भइसकेका राहदानी भने नियमित रूपमा वितरण गरिने जनाइएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्नेछन्।

