कुवेतस्थित अमेरिकी सैन्य ठेगानामा आक्रमण गरेको इरानको दाबी, ‘अपरेसन लाइटनिङ’को १७औँ चरण सुरु
काठमाण्डौ । इरानले कुवेतमा रहेका अमेरिकी सैन्य ठेगानालाई लक्षित गरी नयाँ चरणको ड्रोन आक्रमण सुरु गरेको दाबी गरेको छ।इरानी सेनाको जनसम्पर्क विभागले आइतबार विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको जवाफस्वरूप ‘अपरेसन लाइटनिङ’को १७औँ चरण सञ्चालन गरिएको जनाएको हो।

