प्रिमियममा आईपीओ जारी गरेका चार बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, हिमालयन रिको उच्च कारोबार
काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९२ अंकले बढेर २ हजार ०९० बिन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।