६ महिनामै थपियो रु.८०.६१ अर्बको सेयर, कुन समूहको हिस्सा कति ?
काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको सेयर बजारमा ८० अर्ब ६१ करोड बराबरको धितोपत्र थपिएका छन् । नेपाल राष्ट्रबैंककाअनुसार यो अवधिमा ६४ अर्ब ८५ करोड बराबरको साधारण सेयर, ९ अर्ब ५३ करोड बराबरको बोनस सेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद सेयर र ३ करोड बराबरको एफपीओ थपिएको हो ।