रुरु जलबिद्युतले आर्जन गर्यो ५.८९ करोड खुद नाफा,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
काठमाण्डौ । रुरु जलबिद्युत कम्पनी परियोजना लिमिटेडको नाफा १.११ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड ८९ लाख बढी खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५ करोड ९६ लाख रुपैयाँ थियो ।