लगातार तेस्रो दिन बढ्यो सेयर बजार, जानकार भन्छन्,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से लगातार तेस्रो दिन बढेको छ । आज नेप्से परिसूचक १४.८८ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ११९.६१ बिन्दुमा पुगेको छ ।