निलगिरी खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
काठमाण्डौ । निलगिरी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ४ गतेका लागि साधारण सभा डाकेको हो ।