शुक्रबार, चैत्र २०,२०८२ 04:47:57
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 04:47:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

Bizshala
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित
Shivam Cement

काठमाण्डौ । सूचना प्रविधि क्षेत्रमा क्रियाशिल रहेर उल्लेख्य योगदान पुर्याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा शर्मालाई यो अवार्डबाट सम्मानित गरिएको हो ।  

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ संयुक्त रुपमा शर्मालाई प्रदान गरेका थिए । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छिन् ।  

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल महिला हुन् ।  

‘सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो एक महत्वपूर्ण सम्मानका लागि विशेष गरी एनसेल फाउन्डेसनलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यो अवार्ड मेरो मात्र सम्मान होईन, समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरि रहेका हरेक महिलाको सम्मान हो र यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो,’ अवार्ड विजेता शर्माले भनिन् ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यस अघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मातिमिलायमी ‘एनसेल वुमनआइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन । यो अवार्ड बाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ ।  

‘महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरुको योगदानको कदर गर्न यो सहकार्यलाई निरन्तरता दिन पाएकोमा हामी खुसी छौं । डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ की विजेता बन्दना शर्मा लगायत सम्मानित भएका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरु सबैलाई बधाई छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो वर्षको एनसेलवुमनआइकन आइसिटी अवार्ड विजेताशर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षालगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्वपूर्ण भूमिका खेलेकी छिन् ।

पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् ।  शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.