मंगलवार, आश्विन २७,२०८३ 12:50:57
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 12:50:57
Bizshala
Global IME Bank Limited

सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई

Bizshala
सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई
New Office

काठमाण्डौ । सामना बैंकिङ पुरस्कार गुठीले २०८१ सालको ७५ हजार रुपैंयाँ राशीको सामना बैंकिङ पुरस्कार बैंकिङ विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उक्त पुस्तक बैंकिङ एण्ड इन्स्योरेन्स प्रालिले प्रकाशन गरेको थियो ।  

घर्नीलाई उनले लेखेको पुस्तक बैकिङ अनुशासन दिगो बिकासका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।  

प्रा.डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि सिफारिस गरेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका बीएन घर्ती किष्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए । किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यबिधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् ।  

उनको परामर्शमा केही वित्तीय संस्था समस्याग्रस्त अबस्थाबाट बाहिर फर्केका छन् र केहि वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् ।  

सर्वसाधरणले पनि बुझ्न सकिने सरल भाषा प्रयोग गरिएको, राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बिषयलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको, बैंक तथा वित्तीय संस्थाले बिराएका बाटाहरुका केलाउदै आगामी दिनमा तय गर्नुपर्ने बिषयलाई व्यवहारिक सुझाब दिइएको, बैंकहरुले अत्याधिक कमाएका छन् भन्ने भ्रमलाई तथ्यांकहरु उल्लेख गर्दै चिर्न खोजिएको, सञ्चालन जोखिमलाई विशेष प्राथमिकता साथ उठान गरिएको, सम्पत्ती शुद्धिकरण सम्बन्धी अनुपालनाका लागि गर्नुपर्ने कार्यलाई विशेष रुपमा उठान गरिएको आदि कारणले घर्तीलाई उक्त पुरस्कार प्रदान गर्न सिफारिस गरिएको मूल्यांकन समितिका सदस्य कृष्ण प्रधानले बताए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

घर्तीले लेखेको पुस्तक प्रडक्टका दृष्टिकोणबाट उत्कृष्ट रहेको, समेटिएका र विश्लेषण गरिएका बिषयअत्यन्तै सान्दर्भिक रहेको र बिषय बस्तुलाई अत्यन्तै मिहिन तरिकाले केलाइएकाले आफुहरुले पुरस्कारका लागि सिफारिस गरेको मूल्यांकन समितिका अर्का सदस्य कृष्ण प्रधानले बताए ।  

नेपाल राष्ट्र बैंककापूर्व गभर्नरहरु गणेश बहादुर थापा र डा. तिलक रावल, काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युत वाग्ले लगाएतका अतिथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व गुठीका अध्यक्ष डा.रेवतवहादुर कार्कीले गरेका थिए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X