बिहीबार, चैत्र २१,२०८१ 04:00:04
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:00:04
IME remit
Global IME Bank Limited

भारतको नयाँ दिल्लीमा एनएडिए,एयसडिसि र एसिएमएबीच सम्झौता सम्पन्न

Hyundai Nepal
भारतको नयाँ दिल्लीमा एनएडिए,एयसडिसि र एसिएमएबीच सम्झौता सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । यही २०२५ को जनवरी १९ मा भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल अटोमोटिभ स्किल डभलपमेण्ट काउन्सिल र अटोमोटिभ कम्पोनेण्ट म्यानुफयाक्चर्स एशोसिएशनबीच त्रिपक्षिय चार बुंँदे संझौता सम्पन्न भएको छ ।  

उक्त संझौतामा एनएडिएकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएकोतर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन । सो संझौताअनुसार यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ । जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू,मूल््यांकनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको  एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ । यसको विकासलाई टेवा पुर्याउन ,गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन र यसको बृद्धिका लागि गुणस्तरिय तालिम क्षमताहरु उपलब्ध गराउने छ ।

Shivam Cement
Bizshala
CG Motors

तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न शीप विकाशका तालिमकर्ताहरु र मूल्यांकनकर्ताहरूको विकास गरिनेछ ।  

भारतको अटोमोटिभ क्षेत्रको लागि शीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिभरी, र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्याउन कार्य गर्नेछन ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधि मण्डल भारत भ्रमणमा रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो हस्ताक्षर समारोहमा एयसडिसीका तर्फबाट अध्यक्ष एफआर सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिश कुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी एसिएमएका तर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो ।  

त्यस्तै एनएडिएका तर्फबाट निवर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रतीसमेतको उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.