सोमबार, असार २,२०८२ 02:07:54
  • सोमबार, असार २,२०८२ 02:07:54
Global IME Bank Limited

श्रीलङ्काले हटायो सवारी साधनको आयातमाथिको प्रतिबन्ध

Hyundai Nepal
श्रीलङ्काले हटायो सवारी साधनको आयातमाथिको प्रतिबन्ध
Nabil Bank Limited

काठमाण्डौ । श्रीलङ्कामा सवारी साधनको आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको छ । श्रीलङ्कामा बस,ट्रक तथा सर्वाजनिक उपयोगका  सवारी साधनमाथि लाग्दै आएको प्रतिबन्ध फेब्रुअरी १ देखि अन्त्य हुन लागेको हो ।  

यद्यपी अन्य सवारी साधनमाथिको प्रतिबन्ध भने बिस्तारै हट्दै जाने अपेक्षा गरिएको छ । श्रीलंकाका अधिकांश जनता निजी कार,स्पोर्ट युटिलिटी सवारी र तीन पाङ्ग्रे सवारी माथिको प्रतिबन्ध समेत हट्ने अपेक्षामा रहेको जनाइएको छ ।  

तर नयाँ सवारी साधनको अभाव,कमजोर मुद्रा र उच्च करका कारण मूल्य आकाशिएका कारण आम मानिसले सवारी साधन खरिद गर्न नसक्ने अवस्था सिर्जना भएको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन् २०२२ मा श्रीलङ्काले विदेशी मुद्राको चरम अभावको सामना गरेको थियो । विदेशी मुद्राको अभावमा श्रीलङ्का पहिलोपटक ऋणदाताहरुलाई भुक्तानी गर्न असमर्थ भएको थियो । आर्थिक संकटका कारण २ करोड २० लाख जनसंख्या भएको श्रीलङ्काले खाद्य,इन्धन तथा औषधि जस्ता अत्यावश्यक वस्तुहरुको अभावको सामना गरेको थियो ।  

त्यहि बेला श्रीलङ्का सरकारले सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.