बुधबार, भाद्र २५,२०८२ 10:18:57
  • बुधबार, भाद्र २५,२०८२ 10:18:57
Global IME Bank Limited

नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम

Hyundai Nepal
नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम

काठमाण्डौ । ठगीका विभिन्न माध्यम र शैलीका बारेमा तपाई हामीले सुन्दै आएका छौं । प्रविधिको बढ्दो प्रयोगसँगै ठगीका रुप, शैली र माध्यम पनि परिवर्तन हुँदै गइरहेका छन् । नेपालको सेयर बजारमा पनि ठगहरुकै बिगबिगी छ । नेपालमा मात्र होइन, विश्वभर सोझालाई ठगेर करोडौ कमाउने जमातको कमी छैन । 

नेपालमा केही ठगहरुले विगमा सोझालाई ठग्न कुनै कम्पनी विशेष नै खडा गरेर मालामाल बनाउने झूठा प्रलोभन बाँडेर सर्वसाधारणलाई ठगेका थिए । प्रहरीको विशेष अनुसन्धान ब्यूरोका कारण थप सर्वसाधारण ठगिनबाट बचे, तर ठगहरु अझै पनि खुलेआम अन्य शैली अपनाएर सोझालाई ठगी रहेका छन् । भारतमा त एक व्यक्ति र उनी नेतृत्वको गिरोहले नक्कली सेयर बजार नै खडा गरिदिएर ठगी गरेको घटना सार्वजनिक भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्क्यामर्सले बडो चलाखीपूर्ण ढंगले एक व्यक्तिलाई फसाएर २० लाख भारु कुम्ल्याएको रोचक घटना बाहिरिएको छ ।  

यो घटना भारतको कोलकाताको हो । कोलकाताका ५८ वर्षीय प्रदीप सरकारले फेसबुकमा एउटा विज्ञापन देखेका थिए । त्यो विज्ञापनमा स्टक ट्रेडिङका लागि अनलाइन कोर्स गराइने जनाइएको थियो । जहाँ स्टक मार्केटबाट कमाईको टिप्स र ट्रिक्सहरु सिकाइने उल्लेख गरिएको थियो ।  

प्रदीप र उनका छोरा क्यान्सरपीडित भएको र उनलाई पैसाको धेरै आवश्यकता भएकाले उनी त्यो विज्ञापनप्रति आकर्षित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  

प्रदीप कोलकाताको सरकारी बस सेवामा काम गर्ने गरेको र उनले सेयर बजारमा समेत कारोबार गर्ने गरेको रिपोर्टमा उल्लेख छ । उनले सेयर कारोबार गरी पहिले पनि पैसा कमाउने गरेका थिए ।  

फेसबुक वालमा देखिएको विज्ञापन पछि उनी सेयर बजार सम्बन्धी कोर्स गर्न इच्छुक भए र उनलाई एउटा ह्वाट्सएप ग्रुपमा समावेश गराइयो ।  

यसका साथै उनलाई त्यो संस्थाले एउटा प्रमाणपत्रका साथ अनलाइन ट्रेडिङसँग सम्बन्धित केही टिप्स र ट्रिक्स प्रदान गर्ने विश्वास दिलायो ।

यसपछि उनलाई ग्रुपमा ‘जोक्सा’नामको प्लेटफर्मका बारेमा जानकारी दिइयो । त्यपश्चात उनलाई आफ्नो पोलिसी,बीमा र सेयर बेचेर यसमा लगानी गर्न लगाइयो । यति गरिसकेपछि प्रदीपको जोक्सा अकाउन्टमा १ करोड रुपैयाँ देखियो ।  

यसपछि प्रलोभनमा परेर उनले अझ धेरै रकम लगानी गरे र जब उनले पैसा निकाल्ने प्रयास गरे, तब उनलाई करका कारण पैसा निकाल्न नसकिने बताइयो । त्यपछि उनलाई कर तिर्न भनेर १३ लाख भारु तिर्न भनियो ।  

यति गरेपछि पनि पैसा झिक्न नसकिएपछि उनले ग्रुपको अन्य नम्बरमा सम्पर्क गरे । तर ती नम्बरमा सम्पर्क हुन सकेन र बल्ल मात्र उनले आफू साइबर फ्रडको शिकार भएको चाल पाए । नेपालमा पनि यस्ता ठगहरु सलबलाइरहेका हुनसक्छन् । तपाई कति सचेत हुनुहुन्छ ?    -(एजेन्सी)

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.