सोमबार, आश्विन २६,२०८३ 09:44:26
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:44:26
Bizshala
Global IME Bank Limited

अब अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने, यो बैंकले सुरु गर्यो सेवा

Bizshala
अब अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने, यो बैंकले सुरु गर्यो सेवा
New Office

काठमाण्डौ । जापानको एक बैंकले आफ्ना ग्राहकहरुका लागि अनुहार हेरेरै कारोबार गर्न मिल्ने ‘फेस रिकग्निसन ’ प्रविधिको सुरुवात गरेको छ । जापानको ‘सेभेन बैंक’ नामक बैकले यो नयाँ प्रविधिको सुरुवात गरेको हो ।  

यो नयाँ प्रविधिको माध्यमबाट यस बैंकका ग्राहकहरुले देशभर रहेका २६ हजार एटीएमबाट पैसा निकाल्न तथा जम्मा गर्न सक्नेछन् । यो प्रविधिलाई ‘फेस क्यास’को नाम दिइएको छ । यो प्रविधिको प्रयोग गरेर ग्राहकहरुले बैंकको एटीएम वा स्मार्टफोनबाट बिना कार्ड पैसा झिक्न र जम्मा गर्न सक्नेछन् । यो प्रविधि पहिलोपटक प्रयोगका लागि ग्राहकहरुले अनुहारको जानकारीका लागि स्वयमलाई रजिष्टर्ड गर्नुपर्ने हुन्छ । त्यसपश्चात ग्राहकहरुले एउटा पासवर्ड र कोड नम्बरमार्फत पैसा निकाल्न सक्नेछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो प्रविधिलाई सेभेन बैंक र टेक कम्पनी एनईसी मिलेर विकास गरेका हुन् । यो प्रविधिको प्रयोगले पहिचान चोरी गरेर गरिने धोकाधडीबाट बच्न सहयोग पुग्ने बैंकले जनाएको छ । सेभेन बैंकले यो सुविधा अन्य बैंकका खातावालाहरुका लागि पनि विस्तार गर्न चाहेको जनाएको छ ।  

यो प्रविधि एकदमै सुरक्षित र भरपर्दो भएको समेत बैंकको दाबी छ । सेभेन बैंकको माउ कम्पनी सेभेन एण्ड होल्डिङ्स् कम्पनी हो । यसको मुख्यालय जापानको चियोडा सिटीमा रहेको छ । यसको स्थापना १० अप्रिल २००१ मा भएको थियो ।    

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.