काठमाण्डौ । भुक्तानी सेवा प्रदाय ई–सेवाले ई–सेवा केयरको सफलतासँगै ई–सेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको ई–सेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि अहिले जीवनकै बीमा हुने गरि ई–सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
ई–सेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो । जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्ने कम्पनीले जनाएको छ । यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स्र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा ई–सेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ ।
यस योजनामा वार्षिक रु. ७ सयदेखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्नेछ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ बर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ । यस योजनामा उमेर अनुसार प्रीमियम रकम पनि फरक हुनेछ ।
यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको ई–सेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि यसमा जिबन बीमा पनि समाबेश गरि ई–सेवा लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भिर रोगको ५० हजार र ३० भन्दा बढि स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । ई–सेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा ई–सेवाको मोबाइल एप्स अथवा वेब पेजमा जानुपर्ने हुन्छ ।
ई–सेवा लाइफ केयर खरिद कसरी गर्ने ?
१. ई–सेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ ।
२. त्यसपछि त्यहाँ ई–सेवा केयर र ई–सेवा लाइफ केयरको अप्सन देखिनेछ ।
३. ई–सेवा लाइफ केयरमा क्लिक गरि मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ ।
४. यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता ई–सेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुनेछ ।
५. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ । ई–सेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्समा सम्पर्क गरि आवश्यक कागजात पेश गरि भुक्तानीका लागि दाबी गर्नुपर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।