सोमबार, फाल्गुन २६,२०८१ 10:59:27
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 10:59:27
IME remit
Global IME Bank Limited

जनकपुरमा टाटाका नयाँ गाडीहरु लञ्च

Hyundai Nepal
जनकपुरमा टाटाका नयाँ गाडीहरु लञ्च
Nabil Bank Limited

जनकपुर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के ३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ।

जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा बहुप्रतिक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको छ।

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने-'आज जनकपुरमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं।'

अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजारसम्ममा रोज्न पाउनेछन् ।  

इन्ट्री लेभल गाडी खोजिरहेका ग्राहकले टियागो इभि रोज्न सक्छन्।  

बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पञ्च इभि रोज्न सक्छन्। 

Sagarmatha Cement

अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्नुहुन्छ।र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ इभि टपभेरिएन्ट लिन सक्छन् ।  

साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्नेछन् ।  

त्यस्तै गिरिजा अटोमोवाइल्सका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ इभि र नेक्सन के ३ इभिले त्यो आवश्यकता पूरा गरेको बताए ।  

जनकपुरमा लन्च सकेर अब टाटाका नंया गाडीहरुको रिजनल लन्च बिरगंजमा हुन लागेको कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.