जनकपुर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के ३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ।
जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा बहुप्रतिक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको छ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने-'आज जनकपुरमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं।'
अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजारसम्ममा रोज्न पाउनेछन् ।
इन्ट्री लेभल गाडी खोजिरहेका ग्राहकले टियागो इभि रोज्न सक्छन्।
बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पञ्च इभि रोज्न सक्छन्।
अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्नुहुन्छ।र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ इभि टपभेरिएन्ट लिन सक्छन् ।
साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्नेछन् ।
त्यस्तै गिरिजा अटोमोवाइल्सका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ इभि र नेक्सन के ३ इभिले त्यो आवश्यकता पूरा गरेको बताए ।
जनकपुरमा लन्च सकेर अब टाटाका नंया गाडीहरुको रिजनल लन्च बिरगंजमा हुन लागेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।