सोमबार, आश्विन २६,२०८३ 08:29:31
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:29:31
Bizshala
Global IME Bank Limited

नेपालको कुरियर कम्पनी युनिभर्सल एक्सप्रेस र भारतको डीटीडीसीबीच सहकार्य सम्झौता

Bizshala
नेपालको कुरियर कम्पनी युनिभर्सल एक्सप्रेस र भारतको डीटीडीसीबीच सहकार्य सम्झौता
New Office

काठमाण्डौ । भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले बुधबार हिमालयन होटलमा कार्यक्रमको आयोजना गरेर नेपालको ख्यातिप्राप्त लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रालिसँग रणनीतिक साझेदारी गरेको हो ।  

डीटीडीसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जी रहेका थिए । उनले नेपालमा डीटीडीसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदम को रूपमा रहेको बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उनले भने ‘नेपाल हाम्रो लागि रणनीतिक रूपमा महत्त्वपूर्ण गन्तव्य हो। युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्नेछ । हामी अन्तर्राष्ट्रिय ढुवानी, ई–कमर्स लजिस्टिक्स र अन्तिम–माइल डेलिभरी सेवामा नयाँ उचाई कायम गर्न चाहन्छौं।’

यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ। नेपालमा मजबुत सञ्जाल भएको युनिभर्सल एक्सप्रेस प्रा। लि। ले डीटीडीसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास लिईएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

डीटीडीसीको नेपाल प्रवेशले विश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउने बताउँदै अन्य सेवा प्रदायकहरूलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने बताए । साझेदारीले व्यवसाय, ई–कमर्स प्लेटफर्महरू र व्यक्तिगत ग्राहकहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा उपलब्ध गराउनेछ ।

नेपाल हुँदै बिश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसीको यो रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको डिटिडिसीका नेपालका कार्यकारी प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.