सोमबार, असार २,२०८२ 10:19:59
  • सोमबार, असार २,२०८२ 10:19:59
Global IME Bank Limited

नेपालको कुरियर कम्पनी युनिभर्सल एक्सप्रेस र भारतको डीटीडीसीबीच सहकार्य सम्झौता

Hyundai Nepal
नेपालको कुरियर कम्पनी युनिभर्सल एक्सप्रेस र भारतको डीटीडीसीबीच सहकार्य सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले बुधबार हिमालयन होटलमा कार्यक्रमको आयोजना गरेर नेपालको ख्यातिप्राप्त लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रालिसँग रणनीतिक साझेदारी गरेको हो ।  

डीटीडीसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जी रहेका थिए । उनले नेपालमा डीटीडीसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदम को रूपमा रहेको बताए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले भने ‘नेपाल हाम्रो लागि रणनीतिक रूपमा महत्त्वपूर्ण गन्तव्य हो। युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्नेछ । हामी अन्तर्राष्ट्रिय ढुवानी, ई–कमर्स लजिस्टिक्स र अन्तिम–माइल डेलिभरी सेवामा नयाँ उचाई कायम गर्न चाहन्छौं।’

यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ। नेपालमा मजबुत सञ्जाल भएको युनिभर्सल एक्सप्रेस प्रा। लि। ले डीटीडीसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास लिईएको छ ।

डीटीडीसीको नेपाल प्रवेशले विश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउने बताउँदै अन्य सेवा प्रदायकहरूलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने बताए । साझेदारीले व्यवसाय, ई–कमर्स प्लेटफर्महरू र व्यक्तिगत ग्राहकहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा उपलब्ध गराउनेछ ।

नेपाल हुँदै बिश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसीको यो रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको डिटिडिसीका नेपालका कार्यकारी प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.